काठमाडौं – सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका तथा एक सय रुपैयाँभन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नागरिकहरू यो योजनामा सरिक हुन पाउनेछन्।
अब आफूले १०० रुपैयाँभन्दा बढीको सामान किन्दा वा होटेल–रेस्टुरेन्टमा भुक्तानी गर्दा सक्कली बिल लिने सर्वसाधारणले प्रत्येक दिन १ लाख रुपैयाँ जित्नेछन्। अर्थमन्त्रालयका अनुसार चालू आर्थिक वर्षदेखि सर्वसाधारणलाई कर तिर्न बानि बसाल्ने लक्ष्यसहित यो नीति ल्याइएको हो।
त्यसका लागि सर्वसाधारणले तिरेको बिल नम्बरका आधारमा नै लखपति बन्न सकिन्छ। र, ती विजेताहरुलाई हरेक महिनाको १६ गते र अन्तिम दिन (पाक्षिक रूपमा) लखपति योजनाको घोषणा गरिने मन्त्रालयले जनाएको छ।






About Us
प्रतिक्रिया