काठमाडौं – वैदेशिक रोजगारीमा युके पठाइदिने प्रलोभन देखाई १७ लाख रुपैयाँ ठगी गर्ने एक जना महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काठमाडौंको काठमाडौं महानगरपालिका–१७ बस्ने पूजा शाही रहेकी छिन् ।
उनलाई प्रहरीले काठमाडौंको माइतीघरबाट पक्राउ गरिएको हो । उनीविरुद्ध युके पठाइदिने भन्दै एक जना पीडितबाट १७ लाख रुपैयाँ ठगी गरेको आरोप रहेको छ। पक्राउ परेकी शाहीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






About Us
प्रतिक्रिया