जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ, ४ लाख ६० हजार बरामद 


काठमाडौं – म्याग्दीको बेनी नगरपालिका– ८ गणेश टोल बस्ने ५२ वर्षीय हिरा बहादुर पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले पुनसहित १७ जनालाई नगद २ लाख ९१ हजार १५ रुपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो। यस्तै, धादिङको निलकण्ठ नगरपालिका– ३ पहरे चौतारा बस्ने ६१ वर्षीय डिल बहादुर तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६९ हजार ३ सय ५० रुपैयाँ र १ सय ६२ पत्ती ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।