पूर्व अर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाखको बिगो दाबी


काठमाडौं – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्व अर्थमन्त्री एवं एमालेका उपाध्यक्ष विष्णु पौडेलविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। विभागले व्यवसायी दीपक भट्टको सम्पत्ति शुद्धीकरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरेको हो।

विभागले पौडेलमाथि सम्पत्ति शुद्धीकरण कसुरमा २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले विशेष अदालतमा अभियोग पत्र पेस गरेको हो। 

उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई सम्पत्ति शुद्धीकरण विभागबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले कार्यक्रम स्थलबाटै पक्राउ गरेको थियो।