काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा ५० लाख बिगो तोकिएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुकुम घर भई हाल काठमाडौंको बुढानीलकण्ठ बस्ने पुर्ण बहादुर मल्ल रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
बैंकिङ्ग कसुर मुद्दामा ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि फरार रहेका उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया