९१ दिनका लागि वित्तीय प्रणालीबाट १ खर्ब निक्षेप खिच्दै राष्ट्र बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले ९१ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको छ। राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्न १ खर्ब बराबरको निक्षेप संकललन गर्ने भएको हो।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज बुधार एक सूचना जारी गर्दै ९१ दिनको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न बोलकबोल आह्वान गरेको छ। बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (ओबीएसएस) मार्फत हुनेछ।

सूचनाअनुसार निक्षेप संकलन उपकरण आजै निष्काशन गरिनेछ भने यसको साँवा तथा ब्याज आगामी असोज २८ गते भुक्तानी गरिने। ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। बोलकबोलमा न्यूनतम १० करोड रूपैयाँ र अधिकतम पाँच करोड रूपैयाँ दरले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सकिने छ।

ऋणपत्रकोबोलकबोल ब्याजदरमा गर्नुपर्नेछ। बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ।