काठमाडौं – काठमाडौं महानगरपालिका–९ सिनामंगल एयरपोर्ट नजिक सार्वजनिक यातायात बसमा यात्रुहरूको मोबाइल तथा नगद रकम पाकेटमारी गर्ने दुई जनलार्य प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङको धुनिवेशी नगरपालिका– ६ नौबीसे घर भई काठमाडौंको बसपार्क बस्ने विशाल उप्रेती र ओखलढुङ्गाको विशखुं गाउँपालिका घर भई काठमाडौं बसपार्क बस्ने किरण तामाङ रहेका छन्।
प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिई चोरी तथा डाँका सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया