काठमाडौं – कास्कीको पोखरा महानगरपालिका–२६ कालीकाचोकमा सेतो ढुङ्गाजस्तो टल्किने पदार्थलाई बहुमूल्य वस्तु भएको भन्दै सर्वसाधारणलाई प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्न रहेका ६ जनालाई नियन्त्रणमा लिइएको छ।
भाडामा बस्दै आएका उनीहरूको डेरा तथा शरीर खानतलासी गर्दा सेतो टल्किने क्रिस्टलजस्तो लाम्चो देखिने वस्तु एक थान, काठको फोल्डिङ बट्टा एक थान, करिब ६ फिट ५ इन्च लम्बाइको केबलसहितको चार्जर एक थान तथा ६ थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा पर्वतका राजन विक, रोशनी विक, बाटुली भन्ने खगिसरा कामी, म्याग्दीका दिलबहादुर बुढा मगर, दीपक गोतामे र कास्कीका प्रेमचन्द्र विश्वकर्मा रहेका छन्। उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको छ प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया