बैंकिङ्ग कसुर मुद्दामा १० लाख जरिवाना तोकिएका अमरुल्लाह अंसारी पक्राउ 


काठमाडौं  – बैंकिङ्ग कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका– १७ अलौका  अमरुल्लाह अंसारी रहेका छन्। 

उनीमाथि बैंकिङ्ग कसुर मुद्दामा २ वर्ष ३ दिन कैद र ९ लाख ९५ हजार जरिवाना तोकिएको थियो। उनलाई प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई पर्सा जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।