काठमाडौं – चेक अनादर मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्याङजाको वालिङ नगरपालिका वडा– ४ घर भई हाल ललितपुरको गोदावरी नगरपालिका– १४ ठैव बस्ने मोहन बहादुर गुरुङ रहेका छन्।
गुरुङमाथि अदालतले चेक अनादर मुद्दामा २ वर्ष कैद र ५६ लाख जरिवाना हुने फैसला गरेको थियो। जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिइएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा पेश गरेको छ।






About Us
प्रतिक्रिया