पूर्व अर्थमन्त्री विष्णु पौडेलमाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप


काठमाडौं – सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले अनुमति दिएको हो। 

उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। असार ९ मा उनलाई अनुसन्धानका लागि ७ दिनको म्याद थपिएको थियो। उनमाथि आज चौथो पटक म्याद थप गरेको हो। 

पहिलो पटक उनलाई न्यायाधीशद्वय नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो। भने दोस्रो पटक असार १५ गते नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई ३ दिन म्याद थप गरेको थियो। तेस्रो पटक न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले ६ दिन म्याद थप गरेको थियो।