भारतीय नक्कली नोट ६ थानसहित कार्त्तिक गुप्ता पक्राउ


काठमाडौं –  कपिलवस्तुको शिवराज नगरपालिका–१, शिवपुरस्थित होटल हाइपरमा खाजा खाएर बिल तिर्ने क्रममा नक्कली भारतीय नोट प्रयोग गरिएको भन्ने सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीको टोलीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बलरामपुर बस्ने कार्तीक गुप्ता रहेका छन्। 

प्रहरीले उनलाई सोधपुछ गर्दा उनको साथबाट नक्कली जस्तो देखिने भारतीय रूपैयाँ पाँच सय दरको नोट ६ थान फेला पारेको हो। उनलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय चन्द्रौटामा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।