काठमाडौं – लुटपाटमा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काभ्रेपलान्चोकका अंकितराज गिरी र रोमन तामाङ रहेका छन्।
काठमाडौं महानगरपालिका– ३२ जडीबुटीबाट गत वैशाख ५ गते राति पेप्सिकोलातर्फ जाँदै गरेका एक जना पैदलयात्रीलाई मोटरसाइकलमा सवार २ जना व्यक्तिहरूले निर्घात कुटपिट गरी सुनको मुन्द्रा, नगद र मोबाइल समेत लुटपाट गरी फरार भएका थिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूमध्ये अंकितराजलाई काठमाडौं महानगरपालिका– ३२ सिभिल अस्पतालबाट र रोमनलाई भक्तपुर मध्यपुर थिमी नगरपालिका– ३ कौशलटारबाट पक्राउ गरेको हो।
उनीहरूलाई थप आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।






About Us
प्रतिक्रिया