देउवाका छोरा जयविरलाई सात दिन भित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्र


काठमाडौं – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवालाई सात दिनभित्र विभागमा उपस्थित हुन  सूचना जारी गरेको छ। सम्पत्ति शुद्धीकरणको कसुरको अनुसन्धानका लागि केही कुरा बुझ्नुपर्ने भएकाले बाटोको म्यादबाहेक सूचना जारी भएको मितिले सात दिनभित्र विभागमा हाजिर हुन आउन भनिएको छ। योसँगै जयविरमाथि पनि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान सुरू भएको छ।

‘सम्पत्ति शुद्धीकरण कसुरको जाँचबुझ/अनुसन्धानको सिलसिलामा तपाईंसँग केही कुरा बुझ्नु पर्ने भएकाले सूचना प्रकाशन भएको मितिले बाटो म्याद बाहेक ७ दिन भित्र यस विभागको कार्यालय हरिहरभवन ललितपुर कर्मचारी संञ्चय कोषको भवनको ब्ल्क बीमा कार्यालय समय भित्र हाजिर हुन आउनु हुन यो सूचना/म्याद जारी गरिएको छ। नआए कानून बमोजिम हुनेछ,’ पत्रमा लेखिएको छ। विभागले तोकिएको अवधिभित्र उपस्थित नभए प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने बताएको छ।