गोदावरीबाट जुवा तास खेल्ने ५ जना पक्राउ, १ लाख, ६१ हजार बरामद 


काठमाडौं – ललितपुरको गोदावरी नगरपालिका ११ कुश्लेचौर बस्ने मैया बन्जरा तिमल्सिनाले सञ्चालन गरेको मिलमा जुवातास खेलिरहेको  ५ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुरका श्याम प्रसाद चौलागाई,  सविन बजगाँई, दिल बहादुर बजगाई, प्रकाश दाहाल  र मकवानपुरका हरी प्रसाद तिमल्सिना रहेका छन्। 

प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरी टोलीले जुवा तास खेलिरहेको अवस्थामा उनीहरूलाई नगद १ लाख, ६१ हजार, र १  बुक ताससहित पक्राउ परेका छन्। उनीहरूलाई नियन्त्रणमा लिई  जिल्ला अदालत ललितपुरबाट ४ दिन म्याद थप दिई जिल्ला प्रहरी परिसर ललितपुर मातहत चापागाँउबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।