मौद्रिक नीति बहस

‘मौद्रिक नितिले लोन एगेन्स्ट शेयरको व्यवस्थालाई स्पष्ट पार्नुपर्छ’


काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गत पुँजी बजार समितिका सभापति प्रियराज रेग्मीले लोन एगेन्स्ट शेयरको व्यवस्था मौद्रिक नितिले स्पष्ट पार्नुपर्ने बताएका छन्। उनले नेपाल राष्ट्र बैंकलाई आगामी आर्थिक वर्षको मौद्रिक नीतिमाथि सुझाव पेस गर्दै यस्तो बताएका हुन्।

लगानीकर्ता, ब्रोकर र पीइभीसी (प्राइभेट इक्विट एण्ड भेन्चेर क्यापिटल) को विषयलाई उठाउदै ‘पीइभीसी’ मा गरेको लगानी कोर क्यापिटलबाट घटाउन पर्ने भएकाले पीइभीसी पनि प्रमोटर हुन सकेको र बैंकहरुले पनि लगानी गर्न चासो नदेखाएको बताए। उनले भने ‘पीभीसीले इन्टीटीमा गर्ने जुन १५ प्रतिशतसम्मको लगानी छ, त्यो इन्टीटी सकियो भने या बैंककप भयो भने पीभीसीको फण्डलाई नै कालो सुचिमा राख्ने गरेको रहेछ।’

उनका अनुसार इन्भेष्टर र ब्रोकरको भागमा धितोपत्र बोर्डले ब्रोकरहरुको मार्जिन लेन्डीङ गर्ने भनेको छ तर मार्जिन लोनको उत्पादन भने छैन। उनले भने ‘बैंकहरुले दिन पनि खोजीरहेको छ र हामीहरुले लिन पनि खोजी रहेका छौँ, लोन स्वीकृत भएर बसेको छ, तर हामीले त्यसलाई झिक्न सकेको छैनौँ।’ राष्ट्र बैंकको निर्देशिकाले यसलाई उत्पादनको रुपमा मानेको छैन।

यो लोन एगेन्स्ट शेयरभित्रै पर्ने हो अथवा वर्किङ क्यापिटल रिसिभेबल्स फाइनान्समा पर्ने हो यो कुरा मौद्रिक नितिले स्पष्ट पार्नु पर्ने बताए। उनका अनुसार लोन एगेन्स्ट शेयर कोर क्यापिटलमा टायब गरेको छ त्यो कुनैपनि लोन टायब छैन। अनि बैंकको कोर क्यापिटल तल माथि हुँदा मार्केटमा दबाव परेको छ। ‘लोन र बैंकहरुको लगानीमा राष्ट्र बैंक धेरै कडा गरेको छ। बैंकहरु आफै व्यावसायीक छन्। उनीहरुलाई छोड्दिँदा लोन एगेन्स्ट शेयरको परिणत बनाउनु र इन्भेष्मेन्ट र इक्जीटका लागि स्वतन्त्र छोडदियो भने राम्रो हुन्थ्यो।’ उनले भने