काठमाडौं – लागु औषध सेवन गरी गृह मन्त्रालयको जिम्मेवार व्यक्ति हुँ भन्दै प्रहरी काम कारबाहीमा अनधिकृत पहुँच राख्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका– २ घर भई हाल काठमाडौं महानगरपालिका– ३२ बस्ने आदित्य कुमार सिंह रहेका छन्।
उनले आफूलाई गृहमन्त्रीको स्वकीय सचिव हुँ भन्दै प्रहरीका विभिन्न कार्यालयहरूमा अनधिकृत पहुँच राख्न प्रयास गर्ने, प्रहरी कर्मचारीको कानुन सम्मत काम कारबाहीमा बाधा व्यवधान गर्ने, सेवाग्राही तथा अन्यलाई झुट्टा प्रभाव प्रदर्शन गरी धाक धम्की दिने र सर्वसाधारण नागरिकलाई दुःख हैरानी दिने गरेको प्रहरीले जनाएको छ।
सिंहलाई लागु औषध सेवन गरी लट्ठिएको अवस्थामा नियन्त्रणमा लिई लागु औषध सेवन गर्न नहुने सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट तीन दिन म्याद लिई थप अनुसन्धान भइरहेको छ।






About Us
प्रतिक्रिया