काठमाडौं – रुपन्देहीको कोटहीमाई –५ बेनिनगरबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको २० लाख ५० हजार रुपैयाँ बराबरका ३५ थान आईफोन र एउटा मोटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीका कोटहीमाई– २ बस्ने ३६ वर्षीय पवन कुमार मुराव रहेका छन्।
उनले चलाएको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा भारतबाट भन्सार छली ल्याइएका विभिन्न मोडेलका ३५ थान आईफोन बरामद गरिएको हो।
प्रहरीले उनको साथबाट १९ लाख ७० हजार रुपैयाँ बराबरको रकम बराबरको सामान बरामद गरेको छ। उनलाई उक्त आईफोन, मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया