विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालत लगियो  


काठमाडौं – पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेललाई म्याद थप गर्नका लागि विशेष अदालतमा उपस्थित गराइएको छ। उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। असार ९ मा उनलाई अनुसन्धानका लागि ७ दिनको म्याद थपिएको थियो।

साथै, उनलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै गर्दै उनकी श्रीमती दोमाया पौडेलले सर्वोच्चमा रिट दायर गरेकी छिन्। उक्त रिटमा यसअघि न्यायाधीश श्रीकान्त पौडेलको इजलासले कारण देखाउ आदेश जारी गरेको थियो।