ट्राफिक कारबाहीबाट सात दिनमा १ करोड १७ लाख ३३ हजार राजस्व दाखिला


काठमाडौं – पछिल्लो सात दिनमा १६ हजार ३३३  सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले असार ८ गतेदेखि असार १४ गते सम्ममा उक्त  सवारीचालकलाई कारबाही गरेको हो। 

यसबाट राज्यकोषमा १ करोड १७ लाख ३३ हजार रुपैयाँ राजस्व दाखिला भएको छ। प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका, सङ्केत बत्ती उल्लङ्घनकर्ता र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका कारबाही गरेको छ। 

साथै, ‘लेन’ अनुशासन पालना नगर्ने, निषेधित क्षेत्रमा हर्न बजाउने, कालो सिसायुक्त सवारीसाधन सञ्चालन गर्ने र एकतर्फी सडकमा सवारीसाधन चलाउनेलाई कारबाही गरेको हो।