झुट्टा विवरण पेश गरी नागरिकताका लागि सिफारिस गरेको आरोपमा मोरङका वडाध्यक्ष र सदस्य पक्राउ


काठमाडौं – झुटो विवरणका आधारमा अङ्गीकृत नेपाली नागरिकताका लागि सिफारिस गरेको आरोपमा मोरङको रंगेली नगरपालिका वडा– ५ का वडा अध्यक्ष र वडा सदस्य पक्राउ परेका छन्। पक्राउ पर्नेमा रंगेली नगरपालिका ५ का वडा अध्यक्ष महानन्द मंडल र वडा सदस्य  गणेश रिषिदेव रहेका छन्। 

मोरङको रंगेली नगरपालिका वडा– ५ बस्ने मनुवा कुमार महतोले आमा अधनुनिया महतो हो भनी झुट्टा विवरण पेश गरेको थिए। सोही विवरणको आधारमा अंगिकृत नेपाली नागरिकताको सर्जमिन सिफारिश गर्ने उनीहरूलाई पक्राउ गरिएको पहरीले बताएको हो। 

उनीहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, मोरङबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।