काठमाडौं – उपत्यकाका विभिन्न स्थानमा दर्ता नगरी सञ्चालनमा रहेका १५ वटा कन्सल्टेन्सीका १८ जना सञ्चालक तथा प्रतिनिधिलाई पक्राउ गरिएको छ। अनुगमनका क्रममा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका कन्सल्टेन्सीहरूबाट १८ जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी परिसरमा पठाइएको हो।
पक्राउ परेकामध्ये १४ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौ २ जनालाई जिल्ला प्रहरी परिसर भक्तपुर र २ जनालाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।
कारबाहीमा परेका कन्सल्टेन्सीहरूमा गुरुबा–स्टडी ग्लाइडर, लेक्सिको एजुकेसन, पास्कल एजुकेसन, एपिटोम एजुकेसन, मेघाटेक एजुकेसन, स्किल पोइन्ट एजुकेसन, भाइब्रेन्ट एजुकेसन, ड्रीम एजुकेसन, युनिभर्सल गेटवे, भिक्ट्री एजुकेसन, २४ घण्टा एजुकेसन, ग्रिनर एजुकेसन, ग्लोबल इम्प्याक्ट, उरेशी एजुकेसन र ब्लूम एब्रोड रहेका छन्।






About Us
प्रतिक्रिया