काठमाडौं – पासपोर्ट नभएका र पर्यटक भिसाको अवधि सकिएपछि पनि नेपालमै बस्दै आएका २४ जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरु विभिन्न समयमा नेपाल प्रवेश गरी गैरकानुनी रूपमा बस्दै आएका थिए। उनीहरूसँग स्थायी परिचय खुल्ने कागजात, पासपोर्ट पनि नभएको र म्याद सकिएको पर्यटक भिसामा पनि बस्दै आएको खुल्न आएको छ।
उनीहरूलाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले काठमाडौंको काठमाडौं महानगरपालिका–१५ डल्लु र सितापाईला लगायतका क्षेत्रमा रहेका कपडा कारखानामा काम गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनीहरूलाई पक्राउ गरी अध्यागमन विभाग, कालीकास्थानमा बुझाइएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया