पूर्वअर्थमन्त्री विष्णु पौडेलको थुनाविरुद्धको रिटमा कारण देखाउ आदेश


काठमाडौं – पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको हकमा उनकी पत्नी दोमाया पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

पौडेलको थुनालाई चुनौती दिँदै दायर गरिएको रिटमा सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो। सर्वोच्च अदालतको अभिलेखअनुसार रिट निवेदन असार १० गते दर्ता भएको हो।

न्यायाधीश श्रीकान्त पौडेलको इजलासले प्रारम्भिक सुनुवाइपछि विपक्षी निकायहरूलाई पौडेललाई थुनामा राख्नुको कारण र आधारसहित जवाफ पेस गर्न आदेश दिएको हो।

बन्दीप्रत्यक्षीकरण रिटमा अदालतले आवश्यक देखेमा सम्बन्धित निकायसँग थुनाको कानुनी आधार माग गर्दै कारण देखाउ आदेश जारी गर्ने गर्छ। विपक्षीबाट जवाफ प्राप्त भएपछि रिटमाथि थप सुनुवाइ हुने छ।