लेनदेन मुद्दामा २ वर्ष कैद तोकिएका बुद्ध तामाङ पक्राउ 


काठमाडौं –  लेनदेन मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका– ३ बौद्ध तिनचुली बस्ने काभ्रे तेमाल गाउँपालिका– ३ घर भएका ४२ वर्षीय बुद्ध तामाङ (लामा) लाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुन्धाराबाट पक्राउ गरेको हो। 

उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको छ।