काठमाडौं – १३ वर्षपछि बैंकिङ्ग कसुर मुद्दामा ८ करोड ५० लाख जरिवाना ठहर भएका एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौंको महानगरपालिका – ६ बस्ने चारित्रिक विल्डर्स प्रालिका सञ्चालक सविता कार्की रहेकी छिन्।
उनले चारित्रिक विल्डर्स प्रालिको नाममा कम्पनी दर्ता गरी बनावटी कागजातहरू तयार गरी हाउजिङ्तथा निर्माण कार्य गर्ने भनी कृत्रिम व्यावसाय परियोजना खडा गरी क्यापिटल मर्चेन्ट बैंकिङ्ग तथा फाइनान्स लिमिटेडका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारी पार्न लगाई कर्जा लिएको खुल्न आएको थियो।
उक्त कर्जा रकम उक्त परियोजनामा लगानी नगरी कर्जाको दुरुपयोग गरेको भन्ने बैंकिङ्ग कसुर मुद्दामा साबिक पुनरावेदन अदालत पाटनले ८ करोड ५० लाख जरिवाना फैसला गरेको थियो। उनलाई केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले गोकर्णेश्वरबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ।






About Us
प्रतिक्रिया