पूर्व अर्थमन्त्री विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालत लगियो 


काठमाडौं – पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई म्याद थप गर्न विशेष अदालतमा पेस गरिएको छ। उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले म्याद थप गर्न विशेष अदालतमा उपस्थित गराएको हो।

उनलाई हिजो सुर्खेत प्रहरीले पक्राउ गरेको थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रको आधारमा सोमबार पौडेललाई प्रहरीले पक्राउ गरेको थियो। 

उनलाई आज सुर्खेत प्रहरीले काठमाडौं ल्याइपुर्‍याइएको हो।