काठमाडौं – चेक अनादर मुद्दामा दुई वर्ष कैद तोकिएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरको चापागाँउ बस्ने प्रकाश थापा रहेका छन्।
अदालतले थापालाई २ वर्ष कैद फैसला गरेपछि उनी फरार भएका थिए। जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिइएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा गरिएकाे जनाएकाे छ।






About Us
प्रतिक्रिया