काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा ४५ लाख बिगो तोकिएका एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तनहुँका रामचन्द्र अधिकारी रहेका छन्।
बैंकिङ्ग कसुर मुद्दामा काठमाडौं जिल्ला अदालत बबरमहलले उनीमाथि ४५ लाख बिगो, १ महिना १५ दिन कैद र २ लाख २५ हजार जरिवाना फैसला गरेको थियो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई बालाजुबाट पक्राउ गरी जिल्ला अदालत बबरमहलमा बुझाइएको छ।






About Us
प्रतिक्रिया