काठमाडौं – राहदानी छपाई प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जनाविरुद्ध मुद्दा दायरा गरेको छ । राहदानी विभाग महानिर्देशक तिर्थराज अर्याल सहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् ।
उनका अनुसार, तिर्थराज अर्याल, सुमिल कुमार केसी, लेखा अधिकृत तुलसीप्रसाद आचार्य, तत्कालिन निर्देशक शत्रुधन प्रसाद शर्मा पोखरेल, तत्कालिन निर्देशक रविन राज भण्डारी, राजाराम दाहाल, भेषप्रसाद भुर्तेल, पुष्पराज नेपाल, सोमेश थापा, विपिन प्रसाईंलगायत माथि मुद्दा दयार गरिएको हो । साथै, दुई वटा विदेशी कम्पनी, विदेशीका चार जना प्रतिनिधि र विदेशी कम्पनीको दुई जना नेपाली प्रतिनिधिमाथि मुद्दा दायर भएको उनले बताइन् ।
अख्तियारले १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बिगो दाबी गरेको हितानले बताइन् ।






About Us
प्रतिक्रिया