स्रोत नखुलेको नगद ११ लाखसहित  ककनीका समिर लामा पक्राउ


काठमाडौं – काठमाडौं महानगरपालिका– ४ धुम्बाराहीबाट स्रोत नखुलेको नगद ११ लाख रुपैयाँ सहित काठमाडौं तारकेश्वर बस्ने नुवाकोट ककनी गाउँपालिका– ५ घर भएका ३९ वर्षीय समिर लामालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले बा.प्र.०२–०६५ प ५७८८ नम्बरको स्कुटरमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।