आकर्षक उपहारको प्रलोभन देखाई चिठ्ठा मार्फत ठगी गर्ने सुवास राई पक्राउ


काठमाडौं – आकर्षक उपहारको प्रलोभन देखाई चिठ्ठा मार्फत ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा  मोरङ विराटनगर महानगरपालिका– ११ महेन्द्र चोक बस्ने सुवास राई रहेका छन् । 

राईले ओसीइएएन डिजिटल सोलुसन प्राइभेट लिमिटेड नामबाट अनधिकृत रूपमा कम्पनी खडा गरी विभिन्न आकर्षक इलेकट्रोनिक समानहरू चिठ्ठामा पर्छ भन्दै रसिद काटी रकम उठाउने गरेका थिए। 

विशेष सूचनाको आधारमा 
 जिल्ला प्रहरी कार्यालय, मोरङ र वडा प्रहरी कार्यालय विराटनगरबाट प्रहरी टोली खटिएको प्रहरीले चेकजाँच गर्दा उनलाई उनको उक्त कम्पनीको नाममा रहेको विभिन्न कागजातहरू र रसिद सहित चिट्टा खेलाउँदै गरेको अवस्थामा पक्राउ गरेको हो । 

उनलाई पक्राउ गरी चिट्टा ऐन २०२५ अन्तर्गत चिट्टा सम्बन्धी मुद्दा कसुरमा  मोरङ जिल्ला अदालत विराटनगरबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । 

ओसीइएएन डिजिटल सोलुसन प्राइभेट लिमिटेड ग्राहक पुस्तक लेखिएको १ थान, ग्राहकहरुको नामावली उल्लेख भएको पिन्ट्रेट पाना १५३ थान र  ग्राहकहरूलाई दिएको ओसीइएएन डिजिटल सोलुसन नामको रसिदको अर्धकट्टी १५० थान बरामद गरेको छ ।