काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा बिगो बापत २ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको निलकण्ठका बाबुराम श्रेष्ठ रहेका छन् ।
काठमाडौं जिल्ला अदालत, ववरमहलले उनीमाथि ४३ लाख रुपैयाँ बापत २ वर्ष कैद फैसला गरेको थियो । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले काठमाडौंको महाबौद्धबाट पक्राउ गरेको हो ।
उनलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत ववरमहलमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया