यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट चिकित्सकसहित पाँच जना पक्राउ


काठमाडौं – यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट प्रहरीले बिहीबार दुई चिकित्सकसहित पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीले नक्कली निरोगिताको प्रमाणपत्र वितरण गरेकाे आरोपमा उनीहरु पक्राउ परेका हुन्।

उनीहरूले सवारी चालक अनुमतिपत्र लिन तथा सवारी चालक अनुमतिपत्र नवीकरण गर्न आवश्यक पर्ने आधिकारिक व्यक्तिमार्फत मेडिकल जाँच गरी चिकित्सकीय मेडिकल रिर्पोट दिनुपर्नेमा २०० लिई निरोगिताको प्रमाणपत्र वितरण गरेका थिए।

जिल्ला प्रहरी कार्यालय बाकेंबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूलाई  नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।