रुपन्देहीबाट क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ जना चिनियाँ नागरिक प्रहरीको नियन्त्रणमा 


काठमाडौं – रुपन्देहीको बुटवलबाट प्रहरीले क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा क्सिओङ गुओफु, हु गाङ, लि शुआन्हे, सुन हुई, झाओ कियुचेन, सियाङ जियाशुन, लि.बिन रहेका छन्। 

रुपन्देहीको बुटवल उप महानगरपालिका– १२ मा विगत केही दिन अगाडिदेखि चिनियाँ नागरिकहरूले कानुनले निषेधित गरेको विभिन्न एप र वेबसाइटहरू मार्फत किप्टोकरेन्सीको कारोबार गरिरहेका छन् भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। 

उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीका मोबाइल ११ थान र ल्यापटप २ थान बरामद गरेको छ।