स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित गुडु कुमार र रुपेश कुमार पक्राउ 


काठमाडौं – सर्लाहीको मलंगवा नगरपालिका–१० स्थित झिम पुल नजिकबाट स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो।

पक्राउ पर्नेमा सर्लाहीका रामनगर गाउँपालिका–३ का गुडु कुमार यादव र रुपेश कुमार यादवलाई रहेका छन्। उनीहरूको साथबाट १ हजारका २५ सय थान (कुल २५ लाख रुपैयाँ) ,५ सयका १,३ सय थान (कुल ६ लाख ५० हजार रुपैयाँ) र  १ सयका ५ सय थान (कुल ५० हजार रुपैयाँ) गरी जम्मा ३२ लाख रुपैयाँ बरामद भएको हो।

उक्त रकमसहित मोटरसाइकल र उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।