काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा ६५ लाख बिगो तोकिएका विवेक तामाङ पक्राउ परेका छन्। बैंकिङ्ग कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई फरार रहेका तामाङलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालयबाट खटिई गएको प्रहरी टोलीले उनलाई कुलेश्वरबाट पक्राउ गरेको हो।
उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया