राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा 


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ। उनलाई पासपोर्ट खरिद प्रकरणको अनुसन्धानको लागि नियन्त्रणमा लिइएको हो।

यसअघि आयोगको टोलीले सोमबार साँझ विभागबाट केही कागजात नियन्त्रणमा लिएको थियो।