काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियमित दायित्वका लागि नै ठूलो स्रोत विनियोजन गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । निर्माणका क्रममा रहेका पूर्वाधार सम्पन्न गर्न बजेटले जोड दिएको जानकारी दिँदै अर्थमन्त्री डा.वाग्लेले आगामी आवमा १२ वटा प्रसारण लाइन र हुलाकी राजमार्ग पूरा हुने विश्वास व्यक्त गरे।
उनले अब सरकारले केवल बाटो बनाउने मात्र नभई त्यस पूर्वाधारलाई आर्थिक वृद्धि र रोजगारीसँग जोड्ने अर्को पुस्ताको पूर्वाधार नीति लिएको बताए। बजेटलाई केवल एक वर्षको कर्मकाण्डमा मात्र सीमित नराखी ३ वर्षे मध्यमकालीन खर्च संरचना अन्तर्गत १० खर्ब बराबरको विस्तृत योजना बनाएर अघि बढ्ने लक्ष्य राखिएको उनको भनाइ छ।
बजेटमार्फत एआई तथा विद्युतीय पूर्वाधार निर्माणका लागि विशेष प्रबन्ध गरिएको र यो परियोजना रणनीतिक महत्वको रहेको अर्थमन्त्रीको भनाइ छ ।






About Us
प्रतिक्रिया