काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ऊर्जा क्षेत्रमा पूर्वाधार विस्तार गर्न बाँकी नै रहेको बताएका छन्। अर्थमन्त्री वाग्लेले अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन्।
अर्थमन्त्री वाग्लेले विद्युत् उत्पादन, प्रसारण र वितरण लाइन निर्माणका लागि ८५ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए। उनले यसको लागी पनि बिजुलीमा कर लगाएको बताएका हुन्। सबै कुरामा विद्युतीय गर्न ट्रान्सफर्मर र तारहरूको स्तरोन्नति आवश्यक रहेको बताए।
२० देखि ३० युनिटसम्म विद्युत् निःशुल्क गरिएको र ५० युनिटसम्म भ्याट नलाग्ने उनले जनाकारी दिए। ५१ देखि १५० युनिट खपत गर्ने मध्यम वर्गका लागि भ्याट बापत मासिक करिब २४ रुपैयाँ मात्र भार थपिने उनको भनाई छ। १५१ देखि २५० युनिट खपत गर्नेहरूका लागि मासिक २५ देखि १०० रुपैयाँसम्म अतिरिक्त भार पर्ने र पहिलो ५० युनिट निःशुल्क भएकाले प्रभावकारी भ्याट दर ५ प्रतिशतभन्दा कम नै हुने गणितीय हिसाब देखिएको अर्थमन्त्री वाग्लेले बताए।






About Us
प्रतिक्रिया