काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले महत्त्वाकाङ्क्षी राजस्व सङ्कलनको लक्ष्य राखेको बताएका छन्। अर्थमन्त्री वाग्लेले अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन्।
उनले कोभिडपछि ८–९ प्रतिशतको हाराहारीमा रहेको राजस्व वृद्धिलाई २० प्रतिशत पुर्याउने लक्ष्य राखिएको र यो सरकारको ठूलो परीक्षा रहेको बताए। उनले सरकारले ऋण लिएर भन्दापनि राजस्व र डिजिटल प्रणालीको सुदृढीकरणबाट राजस्व संकलन गर्ने बताए।
वाग्लेले भ्याट बिल लिने संस्कृति विकास गर्न प्रत्येक भ्याट बिललाई स्वचालित चिट्ठा प्रणालीमा जोडिएको बताए। यसले ग्राहकलाई बिल माग्न प्रोत्साहित गर्नेछ र राजस्व चुहावट रोक्न मद्दत गर्ने उनको भनाई छ। रेमिट्यान्स पठाउनेहरूका लागि पनि विभिन्न प्रोत्साहनका व्यवस्थाहरू गरिएको उनले बताए।






About Us
प्रतिक्रिया