काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमा वर्तमान आर्थिक अवस्थालाई गति दिन आयमा कम र उपभोगमा बढी करको नीति लिएको बताएका छन्। अर्थमन्त्री वाग्लेले अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन्।
उनले युवाहरूलाई स्वदेशमै बस्न प्रेरित गर्न आय करमा केही खुकुलो बनाइएको बताउँदै उपभोग करलाई व्यापक बनाउन हुम्लाको चाउचाउदेखि सप्तरीको चिनीसम्मलाई करको दायरामा ल्याएको बताए। उनले यस कर नीतिले धनी र गरिब सबैलाई समेट्ने र राजस्वको आधार बलियो बनाउने विश्वास समेत व्यक्त गरे।
अर्थमन्त्री वाग्लेले देशमा निजामती कर्मचारी, सेना, प्रहरी र शिक्षक गरी करिब ५–६ लाख सरकारी कर्मचारीहरू रहेको बताए। उनले उनीहरूको तलब वृद्धिले ठुलो सङ्ख्यामा मानिसहरूलाई प्रत्यक्ष प्रभाव पार्ने बताए। यस्तै, निजी क्षेत्रलाई प्रोत्साहन गर्न कर कटौती, नियामक सहजता जस्ता सुविधाहरू मार्फत लगानी आकर्षण गर्ने लक्ष्य राखेको बताए।






About Us
प्रतिक्रिया