काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटको आकारमा बजारमा ‘बेटिङ’ चलेको बताएका छन्। अर्थमन्त्री वाग्लेले बजेटका विषयमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै यस्तो बताएका हुन्।
डा. वाग्लेले रोजगारी सिर्जनालाई आर्थिक वृद्धिसँग जोडेर व्याख्या गरेका छन्। उनले समावेशी आर्थिक वृद्धि भएमा मात्र दिगो रूपमा रोजगारी सिर्जना हुने तर्क व्यक्त गरे। श्रम शक्ति सर्वेक्षणका २१ वटा क्षेत्रको गहिरो अध्ययन गरेर १० देखि १२ लाख गुणस्तरीय रोजगारी सिर्जना गर्न सकिने प्रक्षेपण गरिएको छ। यसका लागि ‘एम्प्लोइमेन्ट इलास्टिसिटी अफ ग्रोथ’ को हिसाबमा मुख्यतया सूचना प्रविधि, निर्माण, पर्यटन, कृषि, खानी, उद्योग र सेवा तथा व्यापारलाई राखिएको उनको भनाई छ।
उनले बजेटमा कनेक्टिभिटीलाई प्राथमिकतामा राखिएको उनले बताए। यसमा भौतिक पूर्वाधार र सहरी विकासलाई विशेष प्राथमिकता दिएको वाग्लेले बताए। उनले यस क्षेत्रका लागि झन्डै ३०० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको बताए। उनले अन्तर्राष्ट्रिय सम्बन्ध सुधार्ने, प्रवासी नेपाली समुदायलाई देशसँग जोड्ने र उनीहरूको संवैधानिक हक अधिकार सुनिश्चित गर्ने र उनीहरूको लगानीलाई नेपाल भित्र्याउने कुरामा जोड दिइएको बताए।
बजेट निर्माण गर्दा शासकीय सुधार, नीति तथा कार्यक्रम र बजेटका सिद्धान्तहरूलाई ध्यान दिएको बताएका छन्। उनले बजेट निर्माणका क्रममा बजारमा २५ खर्बको बजेट आउने हल्ला भए तापनि वास्तविकतामा २१ खर्बको हाराहारीमा बजेट ल्याइएको बताउँदै बजेटलाई धेरैले महत्त्वाकाङ्क्षी भने पनि देशको आवश्यकता र सुधारको जगमा आधारित रहेको उनको दाबी छ।






About Us
प्रतिक्रिया