बजेट ठुलो आकारमा आएको छ: अध्यक्ष अग्रवाल


काठमाडौं – नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आगामी आर्थिक वर्षको  बजेट ठुलो आकारमा आएको  बताएका छन्। बजेटमा सरकारले आर्थिक गतिविधि विस्तार गर्नका लागि राजस्वका दरहरूमा पनि व्यापक परिवर्तन गरेको उनले प्रतिक्रिया दिए।

उनले भने,‘ यी व्यवस्थाले आर्थिक गतिविधि विस्तारमा हुन्।’ साथै, नीतिगत कुराहरू पनि धेरै आएका उनले बताए। साथै, अग्रवालले दुई तिहाइ बहुमतको सरकार भएकाले नीतिगत कुराहरू कार्यान्वयन गर्न सरकारलाई त्यति असहज नहुने बताए।