आगामी वर्ष एक हजार किलोमिटर सडक कालोपत्रे, पूर्व पश्चिम राजमार्गलाई ३७ अर्ब बजेट


काठमाडौं – सरकारले आगामी आर्थिक वर्षमा १ हजार किलोमिटर सडक कालोपर्ने गर्ने घोषणा गरेको छ । यस्तै, २७५ वटा सडक पुल निर्माण गर्ने घोषणा सरकारले गरेको छ । आगामी वर्षको बजेट ल्याउँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।

सरकारले पूर्वपश्चिम राजमार्ग विस्तारका लागि ३७ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ । यो बजेटले आगामी वर्ष अन्य धेरै स्थानमा सडकको सम्भाव्यता अध्ययन गर्ने लक्ष्य राखेको छ ।