नेपाललाई ग्रे लिस्टबाट छिटो हटाउने सरकारको निर्णय


काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट बाहिर निकाल्ने बताएका छन् । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘नेपाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी ग्रे लिष्टबाट यथासक्य छिटो बाहिर निकाल्नेछौं,’ अर्थमन्त्री वाग्लेले भने ।