आठ महिना भित्रियो १० अर्ब ८४ करोड वैदेशिक लगानी


काठमाडौं – चालु आर्थिक वर्षको आठ महिनामा १० अर्ब ८४ करोड वैदेशिक लगानी भित्रिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणका अनुसार पछिल्लो आठ महिनामा कुल प्रत्यक्ष वैदेशिक लगानी २७.९ प्रतिशतले बढेर १० अर्ब ८४ करोड पुगेको हो।

गत आर्थिक वर्षको सोही अवधिमा यस्तो लगानी ८ अर्ब ४७ करोड रहेको थियो। चालु आर्थिक वर्षको फागुनसम्म विदेशी लगानीकर्ताले लगानी र लाभांश बापत ५अर्ब ७२ करोड फिर्ता लगेका छन्।

गत आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम २ अर्ब ९८ करोड रहेको थियो। चालु आर्थिक वर्षको फागुनसम्म खुद वैदेशिक लगानी ६.९ प्रतिशतले घटेर ५ अर्ब ११ करोड कायम भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ४९ करोड रहेको थियो।

साथै, २०८१ असार मसान्तमा प्रत्यक्ष वैदेशिक लगानी दायित्व ३ खर्ब ३२ अर्ब ९७ करोड रहेकोमा २०८२ असार मसान्तमा ३ खर्ब ४० अर्ब २८ करोड कायम भएको छ।