बजेटमा अध्यक्ष श्रेष्ठको सुझाव :

‘स्वदेशी उत्पादन र उपभोगलाई राष्ट्रिय अभियानका रूपमा अगाडि बढाइयोस्’

'छ स्तम्भ, साठी पहल मागहरूकाे सूची मात्र हाेइन'


काठमाडौं – उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटले नेपालको आर्थिक मोडेल पुनर्विचार गर्न आवश्यक रहेको औँल्याएका छन्। अध्यक्ष श्रेष्ठले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा विप्रेषण, आयात र उपभोगमा आधारित अर्थतन्त्रले दीर्घकालीन समृद्धि दिन आवश्यक रहेको जोड दिए।

अध्यक्ष श्रेष्ठले बजेटमा स्वदेशी उत्पादन र स्वदेशी उपभोगलाई राष्ट्रिय अभियानका रूपमा अगाडि बढाउन सुझाव दिएका छन्। उनले नेपालका कम्पनीहरूले निर्यातबाट आर्जित आम्दानीको निश्चित हिस्सा विदेशमा लगानी गर्न पाउने स्पष्ट कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्।

अध्यक्ष श्रेष्ठले कृषि, पर्यटन, जडीबुटी, चिया, कफी, सूचना प्रविधि र सेवा निर्यातलाई उच्च प्राथमिकता दिनुका साथै
 नेपाललाई केवल उपभोक्ता बजार होइन, उत्पादन र सेवा निर्यात गर्ने राष्ट्र बनाउनुपर्ने विषयमा जोड दिन सुझाव दिएका छन्।