किसानलाई दूधको रकम भुक्तानी तीव्रः

दैनिक १ करोड भुक्तानी हुँदै, दुई दिनमा एक महिनाको भुक्तानी हुने 


काठमाडौं – कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डीडीसी) को सुधारको कार्य योजना अगाडि सारेसँगै दैनिक १ करोड रकम किसानलाई भुक्तानी भइरहेको छ। 

पछिल्लो चार महिनाको करिब ५८ करोड रुपैयाँ बक्यौता दायित्वमध्ये हाल १२ करोड रकम भुक्तानी भइसेको छ, भने एक महिनाको रकम आउँदो १३ गते भित्र भुक्तानी गर्ने तयारी छ। 

डीडीसीको हाल दैनिक करिब १ करोड रुपैयाँको कारोबार भइरहेको छ भने, सो रकम दैनिक रूपमा किसानलाई भुक्तानी भइरहेको छ। बाँकी रहेको रकम करिब ४६ करोड रुपैयाँ २ महिनामा भुक्तानी हुने गरी कार्य भैरहेको छ। 

दैनिक कारोबार र भुक्तानी प्रक्रिया नियमित रूपमा अघि बढिरहेकाले बाँकी रकम समेत चरणबद्ध रूपमा किसानको खातामा पुग्ने मन्त्री चौधरीले बताएकी  छिन्। दुग्ध किसानको श्रम र योगदानको सम्मान गर्दै किसानको हितलाई प्राथमिकतामा राखेर समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको छ।