डेढ वर्षसम्म पैसा फिर्ता नपाएपछि कर्णाली विकास बैंकका बचतकर्ताले सुरु गरे आन्दोलन


काठमाडौं – कर्णाली विकास बैंक घोटला भएको डेढ वर्ष बितिसक्दा पनि निक्षेपकर्ताहरुले बचत फिर्ता नपाएपछि आन्दोलन सुरु गरेका छन् । कर्णाली डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यलय नेपालगञ्जमा निक्षेपकर्ताहरुले आन्दोलन थालेका हुन् ।

कर्णाली विकास बैंक घोटाला हुँदा निक्षेपकताको अर्बौ रकम बैंकमा नै बन्धक बनेको छ । केन्द्रीय बैंकले व्यवस्थापन सम्हालेको लामो समय बित्दा पनि निक्षेप फिर्ता, पुनर्संरचना गर्ने विषयका ध्यान नदिएको उनीहरुको गुनासो छ । आन्दोलनमा होमिएका निक्षेपकर्ताले रगत पसिना मेहनत र रेमिटेन्सको पैसा फिर्ता गर्नुपर्ने भन्दै धर्ना सुरु गरेका छन् ।

दोषीको ७ पुस्ते सम्पत्ति जफत गरेर भएपनि बचतकर्ताको पैसा फिर्ता गर्नुपर्ने उनीहरुको माग छ । बैंकमा ८० लाखदेखि ७ करोड रुपैयाँसम्म एकै व्यक्तिको निक्षेप रहेको बताइएको छ। आफूले चाहेको बेला रकम निकाल्न नपाउँदा धेरै निक्षेपकर्ता आर्थिक समस्यामा परेका छन्।